कोरोना महामारीले धेरै देश आर्थिक मन्दीको जोखिममा

Yugnepal     1053 पटक पढिएको    

कोरोना महामारीले धेरै देश आर्थिक मन्दीको जोखिममा


एजेन्सी लन्डन अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट  ओईसीडी ले कोरोना भाइरस महामारीका कारण अनेकौँ मुलुक आर्थिक मन्दीको चपेटामा पर्ने भविष्यवाणी गरेको छ । ओईसीडी विकसित ३६ मुलुकहरुको संगठन हो । अबको हरेक महिना प्रमुख अर्थतन्त्रहरुमा वार्षिक आर्थिक वृद्धिदर २ प्रतिशतका दरले कम हुँदै जाने सो समूहले जनाएको छ ।

बिहीबार भएको जी२० को भर्चुअल बैठकमा ओईसीडीका महासचिव एन्जेल गुरियाले यो तथ्यांक पेस गरेका हुन् । ‘थुप्रै अर्थतन्त्र मन्दीमा जानेछन् । भाइरस रोकथामको हरेक महिना वार्षिक जीडीपी वृद्धिदरमा २ प्रतिशतले कमी आउनेछ। पर्यटन क्षेत्रमा ७० प्रतिशतसम्म गिरावट आउनसक्छ’, ओईसीडीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अवश्यम्भावी छ ।’

 



सोमबार १७, चैत २०७६ ०५:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal