सेती प्रादेशिक अस्पतालमा भेटिए कोरोना चौथो संक्रमित

कोरोना चौथो

Yugnepal     1031 पटक पढिएको    

सेती प्रादेशिक अस्पतालमा भेटिए कोरोना चौथो संक्रमित

धनगढी  धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस  कोभिड १९० को चौथो संक्रमित भेटिएका छन।

उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । हाल उनको अवस्था सामान्य छ। उनी ३४ वर्षका नेपाली पुरूष हुन्। 

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए। यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।



शुक्रबार १४, चैत २०७६ ०७:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal