डोटीमा मंगलवार भारतबाट फर्किएका २ सय ४८ जना क्वारेन्टाइनमा

डोटी

Yugnepal     699 पटक पढिएको    

डोटीमा मंगलवार भारतबाट फर्किएका २ सय ४८ जना क्वारेन्टाइनमा

 

डोटी  भारतको गौरीफन्डा नाकाबाट मंगल्बार नेपाल फर्किएका मध्य २ सय ४८ जनालाई डोटी जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा राखीएको छ । डोटी आएका मध्य ७२ जना शिखर नगरपालिकाका रहेका छन् । उनिहरुलाई वडा नम्बर १० बानडुग्रीसैनमा रहेको सिद्धेश्वर माबिमा र शिखर नगरपालिका वडा नम्बर ४ मा रहेको पन्चोदय माबीमा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै आदर्श गाउँपालिकाका ५६ जना रहेका छन् उनिहरुको लागि आदर्शगाउँपालिका वडा नम्बर २ मौवामा रहेको शारदा माबिमा स्थापना गरेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको छ । सायल गाउँपालिकाका ५ जना रहेका छन् ।उनिहरुलाई वडा नम्बर ३ को वडा कार्यालय तोलेनिमा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै दिपायल सिलगढी नगरपालिकाका २२ जना र के आई सिंह गाउँपालिकाका ११ जना गरि ३३ जना रहेका छन् तिनिहरुलाई दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ मा राजपुरमा रहेको सेति सभाहलमा राखिएको छ ।

त्यस्तै गरि जोरायल गाउँपालिकाको १ जना र बडीकेदार गाउँपालिकाका ३० जना गरि ३१ जना रहेका छन् । उनिहरुलाई बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगरमा रहेको केदार ज्योति पुञ्ज बहुमुखि क्याम्पसमा स्थापना गरेको क्यारेन्टाइनमा राखिएको बडीकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहीले जानकारी दिएका छन् ।

त्यस्तै पुर्विचौकी गाउँपालिकाका २ जना रहेका छन् जसमा १ जनालाई पुर्बिचौकी गाउँपालिका वडा नम्बर ४ मा रहेको जनकल्याण सहकारी संस्थामा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ भने एक जनालाई वडा नम्बर ५ काडामाण्डौमा रहेको निजकै घरमा लग राखिने भएको छ । 

त्यस्तै गरि बोगटान गाउँपालिका ४९ जना रहेका छन् तिनिहरुलाई गाउँपालिकाका विभिन्न स्थानमा स्थापना गरेको क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरिएको छ । त्यस्तै थप १ जना शिखर नगरपालिकाको स्थानिय बासिन्दालाई राजपुरमा रहेको सेति सभा हलमा राखिएको जानकारी प्राप्त भएको छ ।

क्वारेन्टाइनमा बसेका हरुलाई ब्यवस्थापनको लागि सुदुरपश्चिम प्रदेश सरकारले प्रत्येक गाउँपालिकालाई तिन लाख र नगरपालिकालाई चार लाख दिने निर्णय समेत गरेको छ । क्वारेन्टाइनमा बसेकाहरुका लागि खान बस्नको ब्यवस्था सम्बन्धीत स्थानिय सरकारले गर्ने भएको छ ।



बुधबार १२, चैत २०७६ ०७:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.