कैलालीमा ‘लकडाउन’ उल्लंघन गर्ने ११५ सवारी नियन्त्रणमा

कैलाली

Yugnepal     828 पटक पढिएको    

कैलालीमा ‘लकडाउन’ उल्लंघन गर्ने ११५ सवारी नियन्त्रणमा

धनगढी  धनगढी कैलालीमा ‘लकडाउन’ उल्लंघन गर्दा १५५ सवारी नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका निकायले ट्रक, अटो र मोटरसाईकलगरी ९२ वटा सवारी साधन नियन्त्रणमा लिएको हो।

जसमध्ये अस्थाई प्रहरी पोष्ट चटकपुरबाट मात्रै ३२ मोटरसाइकल, एउटा कार र एउटा अटोगरी ३४ सवारी साधन नियन्त्रणमा लिइएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले सवारी साधन नियन्त्रणमा लिएपनि चालक र सवारहरुलाई भने सम्झाईबुझाई छोडिएको बताए।

हिजो पनि लकडाउन उल्लंघन गर्ने डेढ सय बढि सवारी साधन नियन्त्रणमा लिइएको थियो।



बुधबार १२, चैत २०७६ ०७:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal