जिल्ला प्रशासन कार्यालय कैलालीद्धारा २ बजेदेखि निषेधाज्ञा

Yugnepal     1313 पटक पढिएको    

जिल्ला प्रशासन कार्यालय कैलालीद्धारा २ बजेदेखि निषेधाज्ञा

धनगढी   कोरोना भाईरसको रोकथामका लागि संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका पनि सबै नाका बन्द भईसकेको अवस्थामा कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले अहिले २ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

के हो निषेधाज्ञा रु
कैलालीमा स्थानीय प्रशासनले अहिले २ बजेदेखि निषेधाज्ञा जारी गरेको छ। स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा भनेको प्रमुख जिल्ला अधिकारीले कुनै हिंसात्मक काम कारवाई हुने वा हुलदङ्गा हुने आशंका भएको कार्यलाई रोक्न गर्ने प्रशासनिक प्रयासलाई भनिएको छ।

कुनै सभा, जुलुस वा भीडले शान्ति भंग हुने सम्भावना हुने देखिएमा प्रहरीद्वारा रोक्न लगाउने र प्रहरीले नियन्त्रण गर्न नसकेकोमा सम्बन्धित ठाउँमा तुरून्तै आफैं उपस्थित हुने व्यवस्था रहेको छ। आफू उपस्थित नभए आफू मातहतका अधिकृतलाई पठाई सकेसम्म सम्झाइ शान्ति कायम गराउने अधिकार यस ऐनले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। शान्ति कायम हुन नसकेमा प्रहरीको मद्दतले लाठी चार्ज, अश्रुग्याँस, फोहरा र हवाई फायर समेत आवश्यकता र परिस्थिति अनुसार प्रयोग गरी शान्ति कायम गर्ने गराउने अधिकार यस ऐनले तोकेको छ।

शान्ति कायम गर्न नसकिने देखिएमा र गोली चलाउनु पर्ने आवश्यकता परेमा सो गर्नुभन्दा अगाडि भीडलाई हट्दैनौ भने गोली चलाइनेछ भनी स्पष्टसँग सो भीडले बुझ्ने गरी चेतावनी दिने र त्यति गर्दा पनि भीड हटेन र गोली चलाउनु पर्ने नै भयो भने घुँडा मुनि पारी गोली चलाउनको निमित्त आदेश दिने ब्यवस्था छ। स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक हिडडुल समेत गर्न आग्रह गरिसकेको छ।



सोमबार १०, चैत २०७६ ०१:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal