‘७० करोड’ को अडियो र गोकर्ण प्रकरणबाट ध्यान मोड्न मलाई जोडियो देउवा

Yugnepal     970 पटक पढिएको    

‘७० करोड’ को अडियो र गोकर्ण प्रकरणबाट ध्यान मोड्न मलाई जोडियो  देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु प्रधानमन्त्री रहेको मन्त्रिपरिषदबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नगरेको बताएका छन् । नेपाल ट्रष्ट सम्पत्ति व्यवस्थापन सम्बन्धी १३ फागुनमा सार्वजनिक गरिएको विवरणले सृजना गरेको केही भ्रम बारे स्पष्ट गर्न बुधबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले आफ्नो नाम जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाएका छन् ।

सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,ु  म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन । मेरो सहभागिता वेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।ु

प्रथमतः ०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको थियो । अतः यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा उनलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले समेत गलत रहेको उल्लेख गरेका छन्।

ुयो प्रकरणलाई मैले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रुपमा लिएको छु ।ु

कुनै पनि प्रकृतिका सुनियोजित भ्रमपूर्ण प्रचारबाट मुक्त भएर कमिसनतन्त्रका अनेक घटनाक्रमका विरुद्ध दवावलाई निरन्तरता दिन समेत सभापति देउवाले अपिल गरेका छन् ।



बुधबार १४, फागुन २०७६ ०६:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal