प्रधानमन्त्री ओलीलाई राज्यद्रोहीको मुद्दा लाग्न सक्छ – वरिष्ठ अधिवक्ता त्रिपाठी

Yugnepal     786 पटक पढिएको    

प्रधानमन्त्री ओलीलाई राज्यद्रोहीको मुद्दा लाग्न सक्छ – वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मोत्सव मनाउने क्रममा देखाएको रवैया क्षम्य नहुने भन्दै जनतासंग माफी माग्न सुझाव दिएका छन् ।

उनले आइतबार आफ्नो ६९ जन्मोत्सव मनाउने क्रममा राज्यको ढुकुटी रित्याएको मात्र नभइ देशलाई नै विखण्डन गर्ने संकेत दिएको भन्दै तत्काल सार्वजनिक रुपमा माफी माग्न सुझाव दिएका हुन् ।

त्रिपाठीले देशको कार्यकारीले यस्तो गर्नु गम्भरि विषय भएको भन्दै राज्यद्रोहीको मुद्दासमेत लाग्न सक्ने बताए । ‘स्वयं कार्यकारीले नै यस्तो काम गरेपछि के कार्वाही होला रु’, त्रिपाठीले भने ।
राज्यलाई टुक्रा टुक्रा पार्ने सन्देश दिन खोजिएको हो रु भन्दै उनले ओलीसंग प्रश्न पनि गरेका छन् ।  

आफ्नो ६९ ‌औँ जन्मदिन मनाउन तामझामसाथ हेलिकोप्टर चढेर उनी आफ्नो जन्मथलो तेह्रथुमको आठराई पुगेर ओलीले  नेपालको नक्साको आकार दिएर बनाइएको केक काटेर उत्सव मनाएका थिए ।

उनले नेपालको नक्सा काटेर जन्मदिन मनाएको भन्दै सामाजिक सञ्जालमा  व्यापक आलोचना भएको छ।  

त्रिपाठीले यस्तो उपद्रो गर्नेलाई कानुनमा ठ्याक्कै यस्तो भन्ने व्यवस्था नभए पनि कुनै पनि नागरिकले गर्दासमेत राम्रो सन्देश नजाने भन्दै देशद्रोहको मुद्दा लाग्न सक्ने बताए ।  

त्रिपाठीले थपे, ‘कानुनले त्यसरी परिभाषित नगरे पनि देशलाई अपमानित गर्ने काम भएकाले राज्यद्रोहमा जोड्न सकिन्छ । संवेदनशीलता विचार गर्नुपर्छ । देशकै केक बनाउन खोज्नुको अर्थ के हो रु के म्यासेज दिन खोजेको’ रु

शंका गर्दै त्रिपाठीले प्रधानमन्त्री ओलीलाई सोधे, ‘राज्यलाई टुक्रा टुक्रा पार्न खोजिएको पो हो कि रु राज्यलाई खण्डित पार्न खोजिएको सन्देश दिन पो खोजिएको हो कि रु’

उनले भने, ‘यसको म्यासेज नेगेटिभ गयो । प्रधानमन्त्रीमा संवेदनशीलता देखिएन ।

उनले भने, ‘नक्सा र झण्डा भनेको त राष्ट्रको प्रतिक हो । हरेक नेपालीको मनमा आहात पुर्याउने काम भयो । उहाँबाट गम्भीर त्रुटी भएको छ । पूर्वराजामहाराजाले पनि राज्यकोषको ब्यापक दुरुपयोग गर्दैनथे । राज्यकोष उहाँले जन्मोत्सव मनाउन पाउनु हुन्छ’ रु



सोमबार १२, फागुन २०७६ ०४:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.