बाँस्कोटा मुसिएपछि प्रधानमन्त्रीलाई देखाइयो कालो झण्डा

Yugnepal     1205 पटक पढिएको    

बाँस्कोटा मुसिएपछि प्रधानमन्त्रीलाई देखाइयो कालो झण्डा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा सेक्युरिटी प्रिन्टीड प्रेसको खरिदमा मुसिएको विषयलाई लिएर विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका छन् ।

प्रधानमन्त्री ओलीलाई पोखरामा समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले कालो झण्डा देखाएको हो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय प्रशिक्षण भेलामा जाँदै गरेका प्रधानमन्त्री ओलीलाई पोखरा सभागृहको गेट नजिक झण्डा देखाउने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 
प्रधानमन्त्रीविरूद्ध कालो झण्डा देखाउदै नाराबाजी गर्ने समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमिल्सिना र प्रवास भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

करीब एक महिना अगाडिनै बाँस्कोटाको अडियोटेप काण्ड प्रति जानकार प्रधानमन्त्री केपी शर्मा ओली सो घटना संचार माध्यमहरुमा सार्वजनिक हुनु अगाडिसम्म मौन रहनु, नेकपाका महासचिव तथा ओलीका प्रियपात्र विष्णु पौडेलको बालुवाटार जग्गा काण्डमा पौडेलको पक्षपोषण गर्नु, नेपाल ट्रष्टको जग्गा यती समुहलाई कौडिको भाउमा दिने विवादस्पद निर्णय गर्नु, क्वीन्टलका क्वीन्टल सुन काण्ड र बहुचर्चित वाइडबडि काण्डमा ओली सरकारले कुनै उलेख्य अनुशन्धान अगाडि नबढाउनुले कतै प्रधानमन्त्री केपी ओली नै भष्टाचार र भ्रष्टाचारीका संरक्षक र सम्बर्दक त होइनन् भन्ने गम्भिर आशंका भएको उनीहरुको भनाइ छ ।



सोमबार १२, फागुन २०७६ ०४:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal