संचारमन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धान गरियोस् – कांग्रेस

Yugnepal     770 पटक पढिएको    

संचारमन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धान गरियोस् – कांग्रेस


काठमाडौं । नेपाली कांग्रेसले संचारमन्त्री गोकुलप्रसाद बास्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

मन्त्री बास्कोटा कमिसनको चक्करमा फसेको समाचार अडियोसहित हाम्राकुराले ब्रेक गरेपछि कांग्रेसले उनलाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न आग्रह गरेको हो ।

कांग्रेसले प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारीसंगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भइरहेका थिए ।

तर स्वयं संचारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात् त्यो अनुमान बलियो ढङ्गले प्रमाणित भएको छ ।’

कांग्रेस प्रवक्ता विश्वप्रकश शर्माले जारी गरेको विज्ञप्तिमा, ‘७० करोड कमिसन संचारमन्त्रीले मागेको अडियो हाम्राकुरा मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपले आग्रह गर्दछ ।’ भनिएको छ ।



बिहिबार ०८, फागुन २०७६ ०१:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.