चीनियाँ दुतावासको विज्ञप्ति कुटनीतिक मर्यादा विपरीत

Yugnepal     925 पटक पढिएको    

चीनियाँ दुतावासको विज्ञप्ति कुटनीतिक मर्यादा विपरीत

काठमाडौं। चीनियाँ दुतावासले नेपालबाट निस्किने अंग्रेजी राष्ट्रिय दैनिक ‘द काठमाण्डु पोष्ट’मा प्रकाशित सामाग्रीलाई लिएर जारी गरेको विज्ञप्ति कुटनीतिक मर्यादा विपरित भएको सञ्चार माध्यमका सम्पादकहरुको ध्यानाकर्षण भएको जनाएका छन्।

बुधबार एक वक्तव्य जारी गर्दै सम्पादकहरूले प्रेसमा आएका सामग्रीप्रति असहमति, खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको सम्मान गर्ने तर कुनै विचार वा समाचार प्रकाशित गरेवापत सम्पादकको नाम नै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति असहमति रहेको जनाएका हुन् ।

“दूतावासको यस्तो कार्यको हामी भर्त्सना गछौं”, सम्पादकहरूको वक्तव्यमा भनिएको छ, “विज्ञप्तिले कूटनीतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउन चाहन्छौं ।”

काठमाण्डू पोस्टमा छापिएको समाचारप्रति नेपालस्थित चिनियाँ दूतावासले कूटनीतिक मर्यादा नाघ्दै विज्ञप्ति प्रकाशित गरेको भन्दै सम्पादकहरुले त्यसको भर्त्सना गरेका छन्।

विज्ञप्तिमा पत्रिकाका प्रधान सम्पादक अनुप काफ्ले समेतको नाम उल्लेख गरी उनी चीन मामिलामा जहिल्यै पूर्वाग्रही रहेको र यसपटक त चीनविरोधी शक्तिको सुगा बनेको आरोप समेत लगाइएको छ ।

काठमाडौं पोस्टले प्रकाशित गरेको इभो डाल्डेरको उक्त आलेखमा कोरोनाभाइरस नियन्त्रणमा चीनको गोप्यताले अझ संकट थपेको तर्क गरिएको थियो ।

आलेखमा राखिएको सटरस्टकको तस्वीरमा एकसय युआनको मुद्रामा रहेका माओको मुखमा मास्क लगाइएको तस्वीर छापिएको थियो ।



बुधबार ०७, फागुन २०७६ ०६:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal