भोली देखि श्रीवैष्णव परिषद् नेपालको १२ औँ राष्ट्रिय महाधिवेशन धनगढीमा

Yugnepal     724 पटक पढिएको    

भोली देखि श्रीवैष्णव परिषद् नेपालको १२ औँ राष्ट्रिय महाधिवेशन धनगढीमा

धनगढी, २९ माघ  श्रीवैष्णव परिषद् नेपालको १२ औँ राष्ट्रिय महाधिवेशन धनगढीमा हुने भएको छ । भोली देखि धनगढी स्थित लक्ष्मीनारायण मन्दिरमा श्रीवैष्णव परिषद् नेपालको महाधिवेशन हुने भएको हो । बैदिक सनातन धर्मको संरक्षण सम्बर्धन गदैँ आध्यात्मिक एवं धार्मिक भावनाको विकास गरी सुन्दर शान्त नैतिकाचरण जनशक्ति बनाउने उद्देश्यका साथ गठन भएको परिषद्ले भव्य रुपमा सुदूरपश्चिममा पहिलो पटक महाधिवेशन गर्ने भएको हो । यस्तै परिषद्को भातृ संगठनका रुपमा लिएको श्रीवैष्णव महिला परिषद् नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन पनि हुने छ ।


महाधिवेशनको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मीलाकुमारी पन्तले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको परिषद्का अध्यक्ष देवराज आचार्यले पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।
उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका सांसद, कैलालीका प्रमुख जिल्ला अधिकारी, धनगढी उपमहानगरपालिका मेयर लगायत सर्वसधारणको पनि उल्लेखीय सहभागिता रहने भएको छ ।
१० लाख साधारण सदस्य रहेको परिषद्मा धनगढीमा २ हजार ५ सय बढी सदस्यहरुको सहभागि हुने छ । महाधिवेशनमा देश विदेशका विभिन्न धर्माचार्य, सन्तमहन्त, भलाद्मी र हजारौँ प्रतिनिधि तथा पर्यवेक्षहरुको सहभागिता रहने भएको छ । महाधिवेशनले पर्यटन बर्ष २०२० लाई पनि टेवा पुग्ने परिषद्ले जनाएको छ । बिहिबार विहान धनगढी ट्राफिक चौराह बाट विभिन्न सांस्कृतिक झाकीहरुको प्रर्दशन पनि गरिने परिषद्का अध्यक्ष आचार्यले जानकारी दिएका छन् ।
महाधिवेशनले नयाँ केन्द्रिय कार्यसमितिको निर्वाचन समेत गर्ने भएको छ । १२ औँ महाधिवेशनले देशमा धार्मिक सहिष्णुता कायम गदैँ दैदिक सनातन धर्मको वृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्ने परिषद्ले जनाएको छ ।
श्रीवैष्णव परिषद् नेपालको २ वटा भातृ संगठन समेत रहेका छन् । श्रीवैष्णव महिला र श्रीवैष्णव युवा परिषद् भनेर २ वटा भातृ संगठन रहेका हुन् ।
१२ औँ महाधिवेशनका लागि लक्ष्मीनारायण मन्दिरमा बस्ने र खान सबै व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशको धार्मीक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको उत्तर रामानुजाचार्य मठ लक्ष्मीनारण मन्दिरमा बर्षेनी संरचना थपीदैँ गएका छन् ।



बुधबार २९, माघ २०७६ ०७:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.