देशले पायो २७ औं महानिरीक्षक

Yugnepal     840 पटक पढिएको    

देशले पायो २७ औं महानिरीक्षक

काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त भएका छन् । मंगलबार मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा ज्ञवालीलाई नियुक्ति गरेको हो ।
 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा नियक्ति गरेसँगै ज्ञवाली प्रहरीको २७ औं महानिरीक्षक बनेका छन् । ज्ञवाली यसअघि प्रदेश नं १ का प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० थिए  ।

ज्ञवालीले २०४७ साल असार २५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । उनीसँगै महानिरीक्षकको लाइनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक  ९डीआईजी० तारिणी लम्साल थिए ।

उनीहरुको सेवा अवधि आगामी असार सम्मको छ ।



मङ्गलबार २८, माघ २०७६ ०६:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.