क्रोना भाइरस स्क्रिनिङका लागि छुट्टै उपचार कक्ष स्थापना

Yugnepal     1090 पटक पढिएको    

क्रोना भाइरस स्क्रिनिङका लागि छुट्टै उपचार कक्ष स्थापना


धनगढी -  सुदूरपश्चिम प्रदेशमा रहेको सेती प्रादेशिक अस्पतालमा नोबेल क्रोना भाइरस संक्रमणको संकेत देखिएमा स्क्रिनिङका लागि छुट्टै उपचार कक्ष स्थापना गरिएको छ । सोमवार अस्पतालले छुट्टै कक्ष स्थापना गरेको हो ।  
अस्पतालले एउटा छुट्टै कोठा व्यवस्थापन गरी पाँच शैय्याको कडा खालको रुघाखोकी, ज्वरोको बिरामीलाई चेकजाँचका गर्न स्क्रिनिङ कक्ष स्थापना गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. हेमराज पाण्डेयले बताएका छन् । अनुसार भाइरसको संक्रमण देखिएमा सो कक्षमा भर्ना गरी उपचार गरिने पनि  बताए ।
डा ः पाण्डेका अनुसार  नेपालमा हालसम्म नोबेल क्रोना भाइरसका संक्रमित फेला नपरेपनि पुर्ब तयारीका लागि अस्पतालभित्र छुट्टै कक्ष स्थापना गरी भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाइएका उनले  बताए । ‘अहिले चिसोको मौसम भएकोले सामान्य रुघाखोकीका बिरामी आउनु स्वभाविक हो,’ उनले भने, ‘तर कडा खालका रुघा खोकीका विरामी आएमा उनीहरुलाई छुट्टै कक्षमा राखेर उपचार गरिने पनि बताए   ।’
सुदूरपश्चिम प्रदेशमा खुल्ला सिमानाका भएकाका कारणले भाईरसले सुदूरपश्चिम प्रदेशमा जोखिम हुन सक्ने भएकाले सुदूरपश्चिम प्रदेश सरकारले सतर्कता अपनाउन निर्देशन गर्नुका साथै प्रदेशस्तरीय अस्पतालहरुलाई छुट्टै उपचार कक्ष स्थापना गरिएको डा पाण्डेयले  जानकारी दिएका छन् ।  प्रदेशमा भाइरसको संक्रमण फैलन नदिन मन्त्रालयल र स्वास्थ्य कार्यालयले स्थानीय तहसंग समन्वय गरी सिमा नाकाहरूमा हेल्थ डेस्क सञ्चालन गर्न पनि तयार गरेको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सरकारी अस्पतालहरूमा तयारी योजना र प्रतिकार्य टोलीको व्यवस्था, उच्च सर्तकता तथा जनचेतनामूलक कार्यक्रम गर्न स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ ।
 मन्त्रालयले प्रदेशमा रहेको प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्र, स्वास्थ्य निर्देशनालय, स्थानीय तहले पूर्वतयारी र प्रवन्ध मिलाउन निर्देशन समेत गरेको उनले बताए   ।
त्यसैगरी स्थानीय तहमा क्रोना भाइरस सम्बन्धी जनचेतना फैलाउने तथा प्रचारप्रसार गर्न तथा पूर्व तयारीका लागि सतर्कता अपनाउन भनिएको मन्त्रालयले जनाएको छ । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा नोवेल क्रोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण समिति खडा गरी प्रवद्र्धनात्मक तथा प्रतिकारात्मक जनचेतनामुलक कार्यक्रम बुहप्रतिक्षित सहकार्य तथा समन्वयमा सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ ।

 

 



मङ्गलबार २८, माघ २०७६ ०६:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.