सवारी दुर्घटना न्युनिकरण सम्वन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

Yugnepal     1165 पटक पढिएको    

सवारी दुर्घटना न्युनिकरण सम्वन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न


सवारी नियमको पालना गरौ नगरौ दुर्घटनाको सामना सबैको गन्तव्य सुरक्षित होस यही छ हाम्रो सुभकामना भन्ने मुल नाराका साथ आज बझाङ्गको जयपृथ्वी नगरपालिका ९ मा रहेको  सिमखेत बसपार्कमा सुदुरपश्चिम ट्राफिक प्रहरी कार्यालय अतरियाले सवारी दुर्घटना न्युनिकरण सम्वन्धि एक दिवशिय सचेतनामुलक कार्यक्रम गरेको छ । सुदुरपशिचम प्रदेशमा हुदै आएको सवारी दुर्घटनालाई न्युनिकरण गरेर अगाडी बढन र सवारी साधनमा देखिएको लाप्रवाही लाई केही हक सम्म नियन्त्रण गर्ने उद्घेश्यले गरिएको कार्यक्रमले सवारी चालक र टा«फिक प्रहरी बिचको सम्वन्धमा हिजोको भन्दा सुधार हुदै जान सक्ने एक प्रकारको सम्भावना पनि बोकेको छ । उक्त कार्यक्रमका प्रमुख वक्ता सुदुरपश्चिम ट्राफिक प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठले हिजोका दिनमा भए गरेका काम काज र गतिबिधिका बारेमा कोटयाउदै वर्तमान समय लाई व्यअर्थ पुर्ण ढंगले बिताउनु भन्दा पनि सवारी दुर्घटना न्युनिकरण गर्न प्रहरी प्रशासन सवारी चालक यातायात व्यवशायि सबैको सहयोग र हातेमालो गरेर अगाडी बढदा दुर्घटना कम हुदै जाने कुरा पनि जोड दिए उक्त कार्यक्रम समुदायिक प्रहरी साझेदारीका अध्यक्ष अर्जुन बुढाको अध्यक्षतामा संचालितउक्त कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेय बिशिष्ट अतिथी सुदुरपश्चिम प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठ बझाङ्ग प्रहरी प्रमुख गणेश बम शसस्त्र प्रहरी प्रमुख गणेश ब शाही बस व्यवसायि रहनु भएको थियो ।



आइतबार २६, माघ २०७६ ०८:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.