ललिता निवास जग्गा प्रकरण धनगढीमा तरुण दलको राँके जुलुस

Yugnepal     1155 पटक पढिएको    

ललिता निवास जग्गा प्रकरण  धनगढीमा तरुण दलको राँके जुलुस


 धनगढीमा नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सात्तरुढ दल नेकपा विरुद्ध राँके जुलुस निकालेको छ। ललिता निवासको जग्गा खरिद बिक्रिमा भएको भ्रष्टाचार प्रकरणमा जोडिएका नेकपा नेताको संरक्षण गरेको विरोधमा तरुण दलले धनगढीमा राँके जुलुस निकालेको हो।

जग्गा प्रकरणमा नेकपा नेतालाई उन्मुक्ति, अन्यलाई राजनैतिक बदनियत र प्रतिशोधपुर्ण मुद्दा लगाउने निर्णयविरुद्ध सडकमा विरोध कार्यक्रम गरिएको तरुण दलले जनाएको छ।

उनीहरुले अख्तियार सरकारको छायाँ बनेको र प्रतिपक्षी दलका नेताहरुलाई मात्र लक्षित गरेको आरोप लगाएका छन्।



आइतबार २६, माघ २०७६ ०८:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal