सामुदायिक विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा शुरु

Yugnepal     1299 पटक पढिएको    

सामुदायिक विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा शुरु

धनगढी उपमहानगरपालिकाले नगरका १८ वटा सामुदायिक विद्यालयहरूमा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सुरु गर्ने भएको छ ।
बुधवार नेपाल सरकार स्वास्थ्य सेवा बिभाग सामाजिक सुरक्षा महाशाखा, धनगढी उपमहानगरपालिका र सम्वन्धीत विद्यालयबीच स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ ।
उपमहानगरपालिकाका उपप्रमुख तथा विद्यालय स्वास्थ्य समन्वय समितिका संयोजक सुशीला मिश्र भट्टले स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम अन्तरगत विद्यालयमा स्टाफ नर्स भर्ना गरिने बताइन् । उनले भनिन्– स्टाफ नर्सले विद्यालयमा प्रजनन् स्वास्थ्य तथा सरसफाईका बारेमा विद्यार्थीलाई सिकाउने छन् । यसले महिनाबारी सरसफाईका बारेमा समेत छात्राहरूले थाहा पाउने छन् ।
सो अवसरमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले पहिलो चरणमा धनगढीका १८ वटा माध्यमिक तहका विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम संचालन गरिएको र बा“की विद्यालयमा चा“डै कार्यक्रम थप गरिने बताए ।
उनले भने– पहिलो चरणमा छात्राहरूको संख्या बढी भएका विद्यालयहरू छनौटमा परेका छन् ।
नगर प्रमुख वडले यस कार्यक्रमबारे छनौटमा परेका विद्यालयका प्रधानाध्यापकहरूसंग समेत छलफल गरिएको बताए ।
सो अवसरमा धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाले धनगढीमा २६ वटा माध्यमिक विद्यालय रहेको र पहिलो चरणमा नपरेका विद्यालयमा चा“डै कार्यक्रमका लागि समेटिने बताए ।

 

 



बिहिबार २३, माघ २०७६ ०६:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal