दोस्रो क्यान इन्फोटेक चैत्र ७ देखी हुने

Yugnepal     2379 पटक पढिएको    

दोस्रो  क्यान इन्फोटेक चैत्र ७ देखी हुने

धनगढी   कम्प्युटर एसोसिएसन नेपाल महासघ  क्यानको आयोजनामा  दोस्रो क्यान  इन्फोटेक आयोजना हुने भएको छ । चैत्र ४ देखि ७ गते सम्म इन्फोटेक आयोजना हुने जनाइएको छ । सुचना तथा संचार प्राविधिका क्षेत्रमा भएको बिकास एवं प्रबिधिको जानकारीका लागि प्रदर्शनी हुने क्यानले जनाएको छ । पहिलो २०७३ कार्तिक महिनामा भएको थियो ।

आज धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा इन्फोटेक बारे जानकारी गराइएको हो । प्रदर्शनीमा विभिन्न रास्ट्रीय तथा अन्तर्राष्ट्रिय स्तरका कम्पनी हरुको सहभागिता रहने जनाइएको छ । इन्फोटेकले सरकारले ल्याएको ूडिजिटल नेपाल फ्रेमवर्कू तथा पर्यटन भ्रमण बर्ष २०२० लाई पनि सहयोग पुग्ने बिश्वास लिइएको आयोजन सस्थाका महासचिव यज्ञराज ओझाले बताउनु भयो ।

इन्फोटेकमा २ करोडको कारोबार हुने एवं १ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको  छ भने  खर्च १६ लाख लाग्ने अनुमान गरेको छ । साथै क्यानले सर्वसाधरणलाइ ३०  र विद्यार्थिका लागी २०  टिकेटको व्यवस्था गरेको छ । मुख्य र बाहीर गरी ८० वटा स्टलहरु हुने इन्फोटेकका संयोजक तथा क्यानका केन्द्रिय सदस्य खेमराज ढुङ्गानाले बता । मेला ४ दिन सम्म धनगढीको ॐ प्यालेसमा आयोजना हुने छ ।

क्यान कैलालीका अध्यक्ष नरेश धामीले प्रदर्शनीलाई आकर्षक बनाउन अत्याधुनिक टेक्नोलोजी को प्रदर्शनी, फ्री सर्भिस क्याम्प तथा रोबर्ट डोर्न को प्रदर्शनी, आइटी सेमिनार समेत प्रदर्शनी अवधीभर हुने बताउनु भयो ।



बिहिबार २३, माघ २०७६ ०३:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.