छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ

Yugnepal     983 पटक पढिएको    

छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ


डडेल्धुरा, २२ माघ – डडेल्धुरामा छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्। विगत ६ महिनादेखि आफ्नै १६ वर्षीय छोरीलाई डरधाकी देखाइ पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको हो।
पटक–पटक जबरजस्ती करणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई सोमबार पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
पक्राउ परेका उनीमाथि जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरी मंगलबार डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइको डिएसपी न्यौपानेले बताए।



बुधबार २२, माघ २०७६ ०६:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal