भिडियो कलको माध्यमद्वारा जिल्ला प्रहरी कार्यालयको भवन उदघाटन

Yugnepal     1082 पटक पढिएको    

भिडियो कलको माध्यमद्वारा जिल्ला प्रहरी कार्यालयको भवन  उदघाटन


 बझाङ्ग  भिडियोकलको माध्यमद्वारा जिल्ला प्रहरी कार्यालय बझाङ्गको नवनिर्मित भवनको  उदघाटन गरेको छ । बिभागिय प्रमुख महानिरिक्षक सर्बेन्द्र खनालले आज बिहान ११ बजे एक कार्यक्रमका बिच भिडियोकलको साहेताले भवनको उदघाटन गर्नु भएको हो ।  तिन वटा फरक फरक कम्पनीले फरक मितिमा सम्झौता गरि तिन चरणमा निर्माण  सम्पन्न भएको छ ।

बिकोइ जागृती जेभि  निर्माण सेवाले ४ करोड ७९ लाख ७८ हजार ४ सय ८५ रुपैया  २५ मा सम्झौता गरि  ५ करोड ८८ लाख ५ हजार ११ रुपैया ७९ पैसामा सम्पन्न गरेको छ भने स्वार कन्सटक्सन अछाम प्रा लि ले २ करोड ५७ लाख २९ हजार ३ सय ३२ रुपैया २९ पैसामा सम्झौता गरि २ करोड ८१ लाख ९२ हजार ९ सय १८ रुपिया ६७ पैसामा सम्पन्न गरेको छ ।

कार्यालय प्रमुख निवास निर्माणको लागि २०७५ असार ८ गते  सम्झौता गरेको सेती निर्माण सेवा बझाङ्गले पनि  ५९ लाख ३२ हजार १ सय ४० रुपिया ७७ पैसामा सम्झौता गरि ६७ लाख ९९ हजार ६ सय ३७ रुपैया२० पैसामा २०६७ जेष्ठ २० गते भवनको निर्माण कार्य सम्पन्न गरेको  छ । यस अघि कार्यालयको दैनिक  क्रियाकलाप गर्न असहज परिस्थितिका बाबजुद संचालनमा रहेको जिल्ला प्रहरी कार्यालय बझाङ्ग  आज  देखि सेवा दिन सरल र सहज भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रमुख गणेश ब बमले बताएका छन । प्रहरी संगठन भित्रकै यो पहिलो भवन बन्न सफल भएको छ जस भवनको उदघाटन बिभागिय प्रमुखले भिडियोकलको माध्यम बाट उदघाटन गरेको छ ।



मङ्गलबार २१, माघ २०७६ ०२:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.