सुदूरपश्चिम महोत्सवको आयव्यय सार्वजनिकः ३५ लाख ६९ हजार हजार कारोवार

अर्थ समाचार

Yugnepal     902 पटक पढिएको    

सुदूरपश्चिम महोत्सवको आयव्यय सार्वजनिकः ३५ लाख ६९ हजार हजार कारोवार


 धनगढी चैत्र ४ । सुदूरपश्चिम महोत्सव २०७५को आय व्यय आज सार्वजनीक गरेका छ ।
 संघले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम महोत्सवको आयव्यय सार्वजनिक गरिएको हो ।  
 उद्योग वाणिज्य संघ कैलालीको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गदै ३५ लाख ६९ हजार ८ सय ७१ रुपैयाँ बचत भएको जानकारी दिइएको हो। उद्योग वाणिज्य संघले माघ २१ गते देखि फागुन ५ गते सम्म आयोजना गरेको सुदूरपश्चिम महोत्सवमा एक करोड २३ लाख ६८ हजार आम्दानी भएकोमा ८७ लाख ९९ हजार खर्च भएको विवरण सर्वजनिक गरेको हो। कैलाली उद्योग वाणिज्य संघले यो पटकको महोत्सवमा सबै भन्दा बढि रकम बचत गरेको दावी गरेको छ। संघका पदाधिकारीले खर्चमा कटौति गरेको अध्यक्ष पुष्पराज कुँवरले बताए। बचत भएको ३५ लाख ६९ हजारबाट नयाँ कामका लागि समितिमा छलफल गर्ने उनको भनाई थियो। कैलाली उद्योग वाणिज्य संघ व्यवसायीहरुको साझा संस्था भएकाले बस्तुगत संघका कार्यालयहरु पनि उद्योग वाणिज्य संघमा स्थापनाका लागि रकम खर्च गर्ने तयारीमा संघ रहेको वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए। 



सोमबार ०४, चैत २०७५ ०५:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal