स्थानीय तह हरुबीच अन्तरसम्वन्ध बढाउन आवश्यक - मेयर वड

Yugnepal     1189 पटक पढिएको    

स्थानीय तह हरुबीच अन्तरसम्वन्ध बढाउन आवश्यक  - मेयर वड

धनगढी उपमहानगरपालिकाका मेयर नृर्प बहादुर वडलाई गौरीगंगा नगरपालिकामा भव्य स्वागत गरिएको छ । गौरीगंगा नगरपालिका वडा नं ६ मा आयोतिजत कार्यक्रममा प्रमुख अथितिका रुपमा सहभागि भएका छिमेकी स्थानीय तह धनगढीका मेयर वडलाई बाजागाजा सहित स्थानीयले भव्य स्वागत गरेका हुन् ।
मेयर वडले विकासका  निम्ति छिमेकी स्थानीय तहहरुसंग साझेदारी गरि अघि बढ्ने बताउनुभयो ।  गौरीगंगा नगरपालिका वडा नं ६ बनबेहडाको अमर माध्यमिक विधालयमा आयोजित स्वर्ण महोत्सव तथा महायज्ञको समापन समारोहमा उहाले यस्तो बताउनुभएको हो ।


मेयर वडले विभिन्न स्थानीय तहहरुबीच अन्तरसम्वन्ध बढाउन सडक, पुल लगायत पूर्वाधार र सामाजिक विकासका निम्ति गौरीगंगा नगरपालिकासंग पनि साझेदारी गरिएको र यसलाई निरन्तरता दिने समेत बताउनु भयो ।
धनगढी उपमहानगरपालिकाले सुरु गरेका प्राविधिक शिक्षालयको बारेमा कार्यक्रममा सहभागीहरुलाई जानकारी गराउदै उहाले अमर माध्यमिक विधालयको स्तरबृद्धिका लागि महायज्ञमार्फ ५६ हजार रुपैया सहयोग दिने समेत घोषणा गर्नुभयो ।


प्रदेशकै राजधानी समेत रहेको धनगढीमा मुलुकका अन्य स्थानबाट आउने पाहुनाहरुको स्वागत र सहयोगका लागि उपमहानगरपालिका सदैव तयार रहेको मेयर वडको भनाई थियो ।


विधालयको स्वर्ण महोत्सव तथा आयोजित सप्ताह त्रान महायज्ञको समापन समारोहको प्रमुख अतिथिका रुपमा मेयर बनबेहडा पुग्नुभएको थियो ।
मेयर वडलाई पञ्चेवाजासहित स्थानीयले भव्य स्वागत गरे । मेयर वडलाई महायज्ञ आयोजक मुल समितिले दोसल्ला ओढाई सम्मान समेत व्यक्त ग¥यो ।

 

 



आइतबार १९, माघ २०७६ ११:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.