निःशुल्क मधुमेह जांच र घरदैलो अभियानको सुरु

Yugnepal     1124 पटक पढिएको    

निःशुल्क मधुमेह जांच र घरदैलो अभियानको सुरु

धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क मधुमेह जांच र घरदैलो अभियानको सुरुवात गरेको छ । धनगढी उपमहानगर पालिका ६ ढुङ्गेबजारमा रहेको कृष्ण मन्दिरमा बाट सुरुवात गरेको हो । पछिल्लो समयमा ग्रामिण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ । त्यसैले मधुमेहका रोगीहरु धेरै नै देखा प्रर्ने भएकोले यो अभियान सुचारु गरेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष मिन बहादुर धामिले बताए । मधुमेह अर्थात डाइबेटिसलाई सामान्यभाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको  मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज नामक ग्रन्थिबाट  उत्पादन हुन् ।  इन्सुलिन हर्मोनको अनियमितता हुदा मधुमेह हुने गरेको पाईएको छ । शहरभन्दा टाढा पछी परेका समुदायप्रति आफुहरुको पनि उत्तरदायित्व उत्तिकै रहेकोले निःशुल्क मधुमेह जांच शिविरको आयोजना गरिएको अध्यक्ष धामिले बताए । कृष्ण मन्दिरका अध्यक्ष  उमाकान्त जोशि बाट रगत लिएर उद्धघाटन गरेको अध्यक्ष धामीले वताए । मधुमेह जाँच गरिएको शिविरमा महिला पुरुष गरी जम्मा एक सय पांच  जनाको रगत जाँच गरीएको छ । रगत जाँच गरेका मध्य दश जानलाई मधुमेह ९सुगरको ०लक्षण देखा परेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्धक निर्देशक महेन्द्र साउंदले वताए ।  त्येसै गरी ईन्जिनिएरहरुको पनि नि ःसुल्क मधुमेह जांच र मृगौला  जाँच गरेको छ । धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिको भवन अगाडी  गरेको जाँचमा जसमा उनन्तिस जनाको जाँच गरेकोमा मृगौला  रोगी एक जना देखा नपरेको र २ जना मधुमेह रोगको लक्षयण देखापरेको  धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्धक निर्देशक साउंदले वताए ।  हप्ताको शनिवारको दिन निःशुल्क मधुमेह जांच र हप्ताको छ दिन भने घरदैलो कार्यक्रम रशेको छ । जसमा अन्ने सेवाहरुमा छुट गरेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालि प्रालिका प्रबन्धक निर्देशक साउंदले वताए ।



शनिबार ११, माघ २०७६ ०८:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.