तटस्थ रहनु पर्ने भन्दै कांग्रेसले दिएन सभामुखमा उम्मेदवारी

Yugnepal     936 पटक पढिएको    

तटस्थ रहनु पर्ने भन्दै कांग्रेसले दिएन सभामुखमा उम्मेदवारी

काठमाडौं ।   नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले उम्मेदवारी नदिने निर्णय गरेको हो । मंगलबारका कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक दलको कार्यालय सिंहदरबारमा बसेको थियो ।

सभामुख पद आफैमा तटस्थ रहनु पर्ने पद भएकाले उम्मेदवारी नदिने निर्णय नगरेको कांग्रेसले उल्लेख गरेको छ । स्पष्ट बहुमत प्राप्त सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले संघीय संसद प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सचेतक पुष्पा भुषाल गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,ु बैठकले  सभामुख निर्वाचित गर्न यथेष्ठ मत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैमा तटस्थ रहनु पर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ

मंगलबार कांग्रेसले सभामुखमा सचेतक पुष्पा भुसाललाई उम्मेदवार बनाउने चर्चा थियो  ।

यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा पनि कांग्रेसले उमेदवारी दिएको थिएन । महरा संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको अभियोगमा जेलमा छन् ।  संसद महराले असोज १४ गते राजीनामा दिएपछि सभामुखविहीन रहेको छ ।

महराको राजीनामापछि एकपटक मात्र संसद पुस ४ गते बसेको थियो । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखको भूमिका निर्वाह गरेकी थिइन् ।



मङ्गलबार ०७, माघ २०७६ ०६:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal