धनगढीमा ७० लाखको लगानीमा स्वास्थ्य केन्द्र भवनको निर्माण

Yugnepal     804 पटक पढिएको    

धनगढीमा ७० लाखको लगानीमा स्वास्थ्य केन्द्र भवनको निर्माण


धनगढी – धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले वडा नं १२ मा निर्माण गरिएको नगर स्वास्थ्य केन्द्र भवनको सोमबार उद्घाटन गरेका छन् ।

उप–महानगरपालिकाको ७० लाखको लगानीमा निर्माण गरिएको नगरस्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन । भवनको उद्घाटन गर्दै नगरप्रमुख वडले नगरका बासिन्दाले सहज ढंगले सेवा दिन स्वास्थ्यकर्मीहरुलाइृ निर्देशन दिए । क्षेत्रका जेष्ठ नागरिकहरुलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन थालिएको छ ।

आवश्यकता अनुसार जेष्ठ नागरिकहरुको घरमै पुगेर सेवा दिनुहोला नगरप्रमुख वडले भने , एक महिनामा एक पटक अनिवार्य जेष्ठ नागरिक संग स्वास्थ्यकर्मीले भेटेर सेवा दिएको हुनुपर्छ । स्वास्थ्यकर्मीहरु जेष्ठ नागरिकहरुको घरमै पुगेर प्रेसर जाँच गर्ने, सुगर जाँच तथा रगतको नमुना संकलन, परामर्श दिने, औषधी दिने काम गर्नुहोला नगरप्रमुख वडले भने, यो धनगढी उप–महानगरपालिकाको अभियान हो ।

धनगढी उप–महानगरपालिका वडा नं १२ का अध्यष गणेश प्रशाद जोशीले आफ्नो वडामा जेष्ठ नागरिकहरुलाई घरमै सेवा दिने काम भैरहेको बताए । सुरुमा नगरस्वास्थ्य केन्द्र भएका वडाहरुमा जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिईएको भएपनि अव १९ वटै वडाका पु¥याउने उप–महानगरपालिकाको योजना रहेको उप–महानगरले जनाएको छ ।



सोमबार ०६, माघ २०७६ ०८:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal