प्रदेश ३ को स्थायी राजधानी धुलिखेल राख्ने प्रस्ताव अस्वीकृत

Yugnepal     725 पटक पढिएको    

प्रदेश ३ को स्थायी राजधानी धुलिखेल राख्ने प्रस्ताव अस्वीकृत

काठमाडौं । प्रदेश ३ को स्थायी राजधानी काभ्रेको धुलिखेल राख्ने प्रस्ताव अस्वीकृत भएको छ ।

प्रदेश ३ को आइतबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा धुलिखेल राजधानी राख्ने प्रस्ताव अस्वीकृत भएको हो ।


विवेकशील साझा पार्टीले गरेको प्रस्तावको पक्षमा मात्र ३ मत परेको छ । प्रदेशसभाका एक सय एक सांसदले प्रस्तावको विपक्षमा मतदान गरेका छन् ।

प्रदेश ३ प्रदेशसभाका ११० सांसदमध्ये एक सय चार संसद बैठकमा उपस्थित छन् । अहिले राजधानी हेटौंडा कायम गर्नेबारे मतदान प्रक्रिया भइरहेको छ ।
    बाह्रखरीबाट साभार



आइतबार २७, पुष २०७६ ११:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.