सुदूरपश्चिमको विकासको बाधक पछउटेपन

Yugnepal     1003 पटक पढिएको    

सुदूरपश्चिमको विकासको बाधक पछउटेपन


धनगढी पुस १४
  नेपाल सरकारका सुचना सन्चार तथा प्रविधी मन्त्री गोकुल बास्कोटाले सुदूरपश्चिम प्रदेशको विकासको बाधक पछउटेपन भएको बताएका छन् ।
   सोमवार प्रेश क्लव नेपालको आयोजनामा धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा मिडियाको भूमिका विषयक गोष्ठीमा मन्त्री बास्कोटाले सो कुरा बताएका हुन । उनले भने–‘प्रदेशको विकासमा समृद्धि लयाउने हो भने पछउटेपन त्याग्नुहोस अनी मात्र प्रदशेको विकास र समृद्धि  हुन्छ ।’ सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिका लागि मुख्य स्रोत जलस्रोत रहेको उनले बताएका छन् ।
  जलस्रोत लाई सहि सदुपयोग गर्न सके मात्र प्रदेशको विकास सम्भव रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश जलस्रोतको खानी भएकाले जलस्रोतमा लगानी गर्न सके समृद्ध प्रदेश बन्नसक्ने मन्त्री बास्कोटाले बताए । सुदूरपश्चिम प्रदेशमा जडीजुटी ,कृषी , पर्यटन उर्जा लगायतका अन्य सम्भावना   छन् । तर जलस्रोतलाई चिन्न नसकेर सुदूरपश्चि पछाडी परेको छ , उनले भने । ‘संसारभरी प्रसिद्ध छाउपडी प्रथा सम्वृद्धिको बाधक हो की हैन ? महिला अधिकारको र मानव अधिकारको कुरा गरीरहँदा प्रदेशको सबैभन्दा कलंकको रुपमा रहेको कुरा छाउपडी हो । जुन अन्तराष्ट्रिय जगतमा चर्चित छ, त्यसका बारेमा बहस गर्नुपर्छ ।’ ‘मानविय सुचांकको हिसाबले हेर्नुहुन्छ भने सुदूरपश्चिमका बाजुरा, बझाङ र अछाम जिल्ला चर्चित नेताहरु भएको जिल्ला मानविय सुंचाकको हिसाबले सबभन्दा पछाडी किन ?’ उनले भने –‘मैले व्यक्तिगत लाल्छना लगाएको हैन, तर मेरो सुझाव छ हामी के गरेर बसेका छौ र के गर्नुपर्ने हो ।’



सोमबार १४, पुष २०७६ ०८:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal