अछाम सेवा समिति भवनको उद्घाटन

Yugnepal     1100 पटक पढिएको    

अछाम सेवा समिति भवनको उद्घाटन


धनगढी , १२ पुस
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले अछाम सेवा समितिको नव निर्मत ‘लाल मुगा” स्मृती भवन तथा १७ औं साधारणसभाको शनिवार उद्घाटन गरेका छन् ।
धनगढी उप–महानगरपालिका १ शिवनगरमा निर्माण गरिएको अछाम सेवा समितिको भवनको उद्घाटन गरेका हुन । अछाम सेवा समितिले आफ्नो पुरानै जग्गामा ब्यबस्थीत हल सहितको भवन निर्माण गरेको छ । भवनको उद्घाटन गर्दै  नगरप्रमुख वडले बिभिन्न जिल्लामा पुर्खेउली घर भएर धनगढीमा रहेका ब्यक्तिहरुले स्थापना गरेका सेवा समितिहरु बिच समन्वय आवश्यक रहेको बताए । अन्य बिषय भन्दा यस्ता संस्थाहरु मानविय सेवामा केन्द्रित हुनुपर्छ नगरप्रमुख वडले भने, जसले गर्दा यहाँको मानविय तथा सामाजिक विकासमा टेवा पुग्छ ।
नगरप्रमुख वडले अछाम सेवा समिति र अन्य समितिले यहाँ धार्मिक तथा सांस्कृतीक जगेर्नाका लागि गतिविधीहरु गर्नुपर्छ नगरप्रमुख वडले भने, यसले पनि एक जिल्ला र अर्को जिल्ला एक समुदाय र अर्को समुदाय बिच सदभाव बढाउँछ । धनगढी उप–महानगरपालिका ५ का वडा अध्यक्ष हिरासिंह पातलीले धनगढी सबै क्षेत्रबाट बसाई सारेर आएका ब्यक्ति र समुदायको शहर भएको बताए । उनले भने, त्यसैले यहाँको विकासका लागि सबै बिच सहकार्य आवश्यक छ ।
साधारणसभाको अध्यक्षता अछाम सेवा समाजका अध्यक्ष कृष्णराज जोशीको अध्यक्षतामा भएको थियो । समाधारणसभामा बिभिन्न क्षेत्रमा योगदान पु¥याएका ब्यक्तिहरुलाइृ सम्मान समेत गरिएको थियो ।

 



शनिबार १२, पुष २०७६ ०९:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.