बाजुरेली सेवा समाजले धनगढीमा भुवा पर्व मनाउने

Yugnepal     1049 पटक पढिएको    

बाजुरेली सेवा समाजले धनगढीमा  भुवा पर्व  मनाउने

 धनगढी, ९ पुस  सुदूरपश्चिमको पहाडी जिल्लामा मनाइने भुवा पर्व धनगढीमा विशेष कार्यक्रमका साथ मनाईने भएको छ
धनगढीको खुल्ला मञ्च ९पुरानो एयरपोर्ट मा बिहिबार विशेष कार्यक्रमका साथ मनाईने बाजुरेली सेवा समाजले धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । भुवा पर्व पुषे औँसीको अघिल्लो मध्येरातबाट सुरु हुने पर्व हो । भुवा पर्वलाई नयाँ पीडिहरुमा हराउँदै गएकोले धनगढीमा पनि सुरु गरेको बाजुरेली सेवा समाजका संस्थापक अध्यक्ष कुलबहादुर हमालले बताए । ‘विभिन्न सांस्कृतिक कार्यक्रममा भुवा पर्वको झल्को दिए पनि यसको वास्तविक इतिहास युवा पीडिले बुझन् सकेका छैनन्’ उनले भने ।
पाण्डव र कौरवको लडाई समाप्त भएको सम्झनामा भाला तरवार सहित चाली खेल्ने मुख्य प्रचलन रहेको छ । ‘हाम्रो परम्परा हाम्रो संस्कृति हाम्रो पहिचान, संस्कृति प्रबद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ धनगढी खुलामञ्चमा भुवा खेलिने बाजुरेली सेवा समाजका अध्यक्ष चेतबहादुर थापाले बताए । समाजले दुई दिन सम्म पर्व मनाउने भएको हो ।
भुवाको अवसरमा गायक बिनोद बाजुरेली, लालबहादुर थापा लगायत कलाकारहरुको पनि सहभागिता हुने छ । महाभारतको युद्धकालदेखि यो पर्व आरम्भ भएको विश्वास गरिन्छ । यो पर्वको मुख्य आकर्षक पक्ष ‘भुवा नाच’ हो । हातमा तरवार र ढाल लिई सामुहिक रूपमा बाजागाजा सहित खेलिने यो नाचका सहभागीहरू यो पर्व मनाउने क्रममा घर–घरमा गई ‘भोस्को’ समेत खेल्ने गर्छन् । ‘भोस्को’ खेलका माध्यमबाट समाजका विकृति–विसंगतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने विश्वास गरिन्छ ।
पहिलेका दिनहरूमा राजा रजौटाहरूले आफ्ना भाई भारदार लगाय जनताहरूलाई आत्म रक्षाको लागि खेतीको काम सकाएर फुर्सदको समयमा ढाल तरवार खेल्न सिकाउनको निमित्त भूओ अथवा भस्सो खेलाउने गरेको र हाल यो पर्व मनोरञ्जनको लागि मनाईएको पाइन्छ ।



बुधबार ०९, पुष २०७६ ०७:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal