समाजवादी पार्टीले छाड्यो सरकार, उपेन्द्र यादवले दिए राजीनामा

Yugnepal     1274 पटक पढिएको    

समाजवादी पार्टीले छाड्यो सरकार, उपेन्द्र यादवले दिए राजीनामा


काठमाडौं, पुस ८  उपप्रधान तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन्।

उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका छन्। उनले सोमबार मन्त्रिपरिषद्मा पेश गरेको संविधान संशोधन प्रस्ताव अस्वीकृत भएपछि राजीनामा दिएका हुन्।

सरकारसँग दुई बुदे सहमति गर्दै यादव नेतृत्वको समाजवादी पार्टी २०७५ जेठ १४ गते सरकारमा सहभागी भएको थियो। सरकारले त्यो सहमति तोडेको यादवले जनाएका छन्।

उनले राजीनामा पत्रमा भनेका छन्, ‘दुई बुँदे सहमतिबाट सरकार पछाडि हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरि उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध गर्दछु।’

त्यस्तै, शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पनि राजीनामा दिएका छन्। उनी पनि समाजवादी पार्टीबाटै मन्त्री बनेका थिए। काठमाडौं प्रेस बाट साभार



मङ्गलबार ०८, पुष २०७६ ०७:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal