भट्टराईको जन्मजयन्ती स् पोखराको वीपी चोकमा ९६ वटा मैनवत्ती प्रज्ज्वलन

Yugnepal     875 पटक पढिएको    

भट्टराईको जन्मजयन्ती स् पोखराको वीपी चोकमा ९६ वटा मैनवत्ती प्रज्ज्वलन

पोखरा। नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री स्वर्गीय कृण्णप्रसाद भट्टराईको ९६ औं जन्मजयन्ती पोखरामा पनि मनाइएको छ । जन्म जयन्तीको अवसरमा कास्की कांग्रेसले मङ्गलबार साँझ पोखराको वीपी चोकमा मैनवत्ती प्रज्ज्वलन गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

उनको  जन्मजयन्तीमा ९६ वटै मैनवत्ती प्रज्ज्वलन गरिएको थियो । कार्यक्रममा कांग्रेस नेता, कार्यकर्ता र शुभेच्छुकको सहभागिता रहेको थियो । कांग्रेस नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले मैनवत्ती प्रज्ज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।

कार्यक्रम कास्की कांग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।



मङ्गलबार ०८, पुष २०७६ ०७:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal