हात्तीको आक्रमणबाट एकको मृत्यु, एक वेपत्ता

Yugnepal     1287 पटक पढिएको    

हात्तीको आक्रमणबाट एकको मृत्यु, एक वेपत्ता

 


महेन्द्रनगर, मंसिर २५  जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट एक जना वेपत्ता भएका छन् भने पाँच जना घाइते भएका छन्।

हात्तीको आक्रमणबाट महाकाली नगरपालिका–२ की ३८ वर्षीया वसन्ती भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए। उनको बुधबार बिहान मृत्यु भएको हो।

हात्तीको आक्रमणबाट स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम घाइते भएका छन्। उनीहरू बिहान घाँस काट्न जङ्गल जाँदा हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक चेतराम पनेरुले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि भारतको खटिमा पठाइएको बताए। एकजना जङ्गलमा हराइरहेको उनले बताए। उनको खोजी भइरहेको जनाएको छ।

 



बुधबार २५, मङि्सर २०७६ १२:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal