कोहलपुर घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण, सुरक्षा निकाय गैरजिम्मेवार

Yugnepal     784 पटक पढिएको    

कोहलपुर घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण, सुरक्षा निकाय गैरजिम्मेवार


काठमाडौं । नेपाली कांग्रेसले विद्यार्थीलाई ट्रकले किचेर गम्भीर घाइते बनाएको र सो घटनाको विरोधमा उत्रेका विद्यार्थीलाई प्रहरीले रबरको गोली, अश्रु ग्याँस तथा कुटपिट गरी दमन गर्न खोजेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जारी गरेको विज्ञप्तिमा प्रहरीले देखाएको प्रवृत्तिलाई गैरजिम्मेवारीपूर्ण भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देशको शान्ति सुरक्षा कायम गर्ने निकाय जस्तो जिम्मेवार निकायले संयमित भई कर्तव्य पालना गर्नुको साटो त्यसको ठिक विपरित गैरजिम्मेवारपूर्ण ढंगले घटनालाई झन उत्तेजित र आक्रोशित बनाउने कार्यमा संलग्न भएको छ । विद्यालय भित्र रहेका विद्यार्थी लगायत बाटोमा हिडिरहेका सर्वसाधारणलाई समेत कुटपिट गरेको घटना अत्यन्त निन्दनीय छ ।’

विज्ञप्तिमा, ‘घाइते विद्यार्थीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त घटनामा गम्भीर भई घाइते भएकी प्रकृति चन्द लगायत अन्य घाइतेहरुको उचित स्वास्थ्य उपचार एवं उचित क्षतिपूर्तिको व्यवस्थाका साथै यस घटनाको सत्यतथ्य छानविन गरी संलग्न दोषीलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं । यस्ता प्रकृतिका घटना पुनःनदो¥याउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई संयमताका साथ सचेत रहन नेपाली कांग्रेस आग्रह गर्दछ ।’ भनिएको छ ।

बाँके जिल्लाको कोहलपुरमा विद्यालय जाँदै गरेकी कक्षा ७ कि छात्रा प्रकृति चन्दलाई ट्रकले खुट्टामा कुल्चेर गम्भीर घाइते बनाएको हो । उनको गम्भीर अवस्थामा काठमाडौंमा उपचार भइरहेको छ ।

आइतबार भएको उक्त घटनापछि विद्यार्थीहरुले न्याय माग्दै प्रदर्शन गर्दा प्रहरीले गोली चलाएको थियो । दुई दर्जन प्रदर्शनकारी घाइते भएका थिए भने स्थानीय प्रशासनले कफ्र्यु लगाएको थियो ।



मङ्गलबार २४, मङि्सर २०७६ १०:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal