सुदूरपश्चिम महोत्सव २०७६ भोलि  देखी सुरु

युग संवाददाता     1724 पटक पढिएको    

सुदूरपश्चिम महोत्सव २०७६ भोलि  देखी सुरु


धनगढी– विगत १३ वर्षदेखि उद्योग वाणिज्य संघ कैलालीले धनगढीमा आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको १४ औँ संस्करण भोलि बाट सुरु हुने भएको छ ।  आज उद्योग वाणिज्य संघले पत्रकार सम्मलेन गरी जानकारी गराएको हो । मोहत्सव सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष पुस्प कुवंरले बताए । महोत्सवको उद्घाटन नेकपा नेता भिम रावले गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत  जानकारी गराएको छ । 
सुदूरपश्चिमका विकास सम्बन्धी मुद्दा र माग राख्दै मंसिर २२ गतेदेखि पुस २ गतेसम्म हरेक वर्ष कैलालीको धनगढीमा उद्योग वाणिज्य संघले महोत्सव संचालन  गर्दै आएको छ ।
 प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रदर्शन गर्न महोत्सव आयोजना हुन थालेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए। ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा एक करोडभन्दा बढीकोखर्च लाग्ने अध्यक्ष कुवँरले जानकारी दिए।

महोत्सवमा कृषि, मह, जडीबुटी, हस्तकला, अल्लोका सामान, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोवाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिक सामान, होटल र सूचना प्रविधि गरी तीन सय स्टल राखिने बताउँदै अध्यक्ष कुँवरले महोत्सवको करिब ३ लाख व्यक्तिले अवलोकन गर्ने संघको अनुमान रहेको बताए।

१३ वर्षअघि सुदूरपश्चिमका २१ बुँदे माग राख्दै कैलाली उद्योग वाणिज्य संघले सुरुवात गरेको महोत्सवको १४ औँ संस्करणमा आउन्जेलसम्म ५ वटा माग मात्रै संघीय तथा प्रदेश सरकारले पूरा गर्न सकेको छ। 
महोत्सवमा आउने कलाकारहरु


  प्रमोद खरेल, रामकृष्ण ढकाल, प्रकाश सपुत, मञ्जु पौडेल, नविन पौडेल, शान्ति परियार, सुरेश चोखाल, गुणाकर पनेरु, सन्ध्या जोशी, प्रताप दास, विष्णु भट्ट, जयराज आचार्य, राजु परियार, टिका प्रसाई, सञ्जिव पराजुली, अञ्जु कुश्मी, राज कुश्मी, श्रृजना खत्री, चक्र बम र उमा खनालको प्रस्तुती रहने छ। 

यस्तै रामचन्द्र काफ्ले, मनोज सिंह धामी, केशव फुलारा, करुणा सिंह, नरेन्द्रराज रेग्मी, रवि ओड, रुपा घर्तीमगर, राजाराजेन्द्र पोख्रेल, राजेशपायल राई, उमाशंकर जोशी, हेमन्त शर्मा, पशुपति शर्मा, रिता केसी, सुर्यविरही साउद, विष्णु खत्री, दीपक जोशी, दीर्घ फुलारा, सुनिता दुलाल, प्रेमकिसन चन्द, चेतन बोहरा, सुरेश शाही, शितल शर्मा, डिवी निरंकारी, रुविना अधिकारी, टंक तिमिल्सेना, लालवहादुर धामी, रमेशराज भट्टराई, प्रिती आलेमगर, एलवी चन्द र सुरत रावतको पनि महोत्सवमा प्रस्तुती रहने वित्त तथा सांकृतिक व्यवस्थापन संयोजक भिमराज ओझा अबुलेजानकारी दिएको छ । 



शनिबार २१, मङि्सर २०७६ ०६:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal