कालापानी विवाद कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ प्रचण्ड

Yugnepal     740 पटक पढिएको    

कालापानी विवाद कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ  प्रचण्ड

 

  नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले नेपाली भुमी अतिक्रमणको विषयलाई कुटनीतिक पहलबाट टुंगो लगाउनुपर्ने बताएका छन्। उनले यो विषयलाई शुरुमै अन्तराष्ट्रियकरण गर्दा समस्या झन जटिल हुने बताए।

विहिवार धनगढी पुगेका प्रचण्डले पत्रकार सम्मेलनमा भने(‘नेपालको अतिक्रमित भुभागको विषयमा कुरा गर्न माधव नेपाललाई भारत पठाउँदै छौं।’

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतको विषयमा विशेषदूतका रुपमा नेकपाका वरिष्ठ नेता नेपाललाई भारत सरकारसँग कुरा गर्न पठाउने तयारी भइरहेको जानकारी दिए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नै वरिष्ठ नेता नेपाललाई विशेषदूतको रुपमा भारत जान आग्रह गरेको बताए। उनले भारत सरकारसंग छलफलका लागि उच्चस्तरीय भेट र बैठकको व्यवस्था गर्ने काम बाँकी रहेको बताए।

अध्यक्ष प्रचण्डले नेपाल सरकारको तर्फबाट भारत सरकारसँग कुरा गर्ने विषयमा तयारी भइरहेको बताए।नेपाल सरकारले सो विषयमा भारत सरकारलाई पत्र पठाएको र त्यसको जवाफ आउन बाँकी रहेको उनले बताए।

अध्यक्ष प्रचण्डले आफूले नै त्रिदेशीय साझेदारीका लागि भारत र चीनका नेतालाई आठ वर्षअघि आग्रह गरेको स्मरण गरे।उनले सबै मुलुक सार्वभौम रहेकाले तीन देशकै छुट्टाछुटटै अस्तित्वमा त्रिदेशीय साझेदारी हुने सहमति पछिल्लो समयमा जुटेको बताए।

यो साझेदारी भएमा नेपालको आर्थिक, भौतिक पूर्वाधार, सामाजिक विकास लगायतमा टेवा पुग्ने अध्यक्ष प्रचण्डले बताए।

 



बिहिबार १९, मङि्सर २०७६ ०८:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal