धनगढीमा सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६ हुने

Yugnepal     935 पटक पढिएको    

धनगढीमा  सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६ हुने

 

 धनगढीमा  सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६ हुने भएको छ । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । । वित्तिय पहुचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता भन्ने नाराका साथ धनगढीमा मंसिर २० गते वित्तिय सम्मेलन आयोजना हुने आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले बताए।

‘प्रदेशमा आधुनिक बैंङकिङ प्रणाली लागु गर्नको लागि यो सम्मेलन कोसे ढुङ्गा सावित हुन्छ,’ मन्त्री वोहराले भने, ‘आर्थीक समृद्धिका लागि वित्तिय पहुँच अनिवार्य रहेको पनि मन्त्री झपट वोहराले बताए ।’ वचत परिचालन गरि पूजी निर्माण गर्ने, सम्भाव्य योजनामा कर्जा लगानी अभिबृद्धि गर्ने लगायतका उद्देश्य राखिएको आयोजक सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री   बोहराले बताए ।

सम्मेलनको उद्धघाटनका लागि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले कार्यक्रमको उद्घाटन गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।  सम्मेलनमै उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री, पर्यटन मन्त्री, श्रम तथा रोजगार मन्त्री, अर्थ मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर, स्थानीय तहका प्रमुखहरु लगायत वित्तिय क्षेत्रमा सरोकार राख्ने सबैको सहभागिता रहनुका साथै कार्यक्रममा  चार सय पचास जना सहभातिा रहेने मन्त्री बोहराले बताए ।  कार्यक्रममा  खर्च  झण्डै ३६ लाख खर्च  हुने अनुमान गरिएको आयोजकले गरेको छ ।  अहिले सुदूरपश्चिमका ८८ स्थानीय तह मध्य ८३ वटामा मात्र वित्तिय पहुँच पुगेको छ। यसै सम्मेलन मार्फत नै धनगढी घाषणा पत्र जारी गरिने आयोजक आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

 



सोमबार १६, मङि्सर २०७६ ०४:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal