दोस्रो सेटमा पनि भारतसंग नेपाल पराजित

Yugnepal     1179 पटक पढिएको    

दोस्रो सेटमा पनि भारतसंग नेपाल पराजित

 

 

काठमाडौं– १३ औ दक्षिण एसियाली खेलकुद ९साग०मा नेपाली महिला भलिबल टोली भारतसंग भिडिरहेको छ।

बलियो प्रतिस्पर्धी भारतसंग त्रिपुरेश्वरस्थिच कवर्डहलमा खेल जारी छ। पहिलो सेट गुमाएको नेपालले दोस्रो सेटपनि गुमाएको छ। पहिलो खेल प्रतिस्पर्धात्मक खेलेको नेपाल दोस्रो सेटमा भने कमजोर देखियो।

पहिलो सेटमा नेपाल २४–२६ ले पराजित भएको थियो भने दोस्रो सेट भने २५–१२ पराजित भएको थियो। पहिलो खेल बंगलादेशलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको थियो।

तेस्रो सेटमा पनि नेपाल पराजित भए नेपालले यो खेल गुमाउने छ। अघिल्लो चरणमा प्रवेश गर्न भारत र बंगलादेशबीचको खेल कुर्नुपर्ने देखिन्छ। उक्त खेल भोली हुने छ।  नागरिक बाट साभार

 



आइतबार १५, मङि्सर २०७६ ०४:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal