नेकपाको गढ धरानमा कांग्रेस उम्मेदवार तिलक राई अगाडि

Yugnepal     1261 पटक पढिएको    

नेकपाको गढ धरानमा कांग्रेस उम्मेदवार तिलक राई अगाडि

 

धरान ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा को गढ मानिएको धरान उपमहानगरपालिमा नेपाली कांग्रेस अगाडि निस्किएको छ ।  मतगणनाको नयाँ परिणामअनुसार कांग्रेस उम्मेदवार तिलक राईले नेकपा उम्मेदवार प्रकाश राईलाई ४३४ मतले पछाडि पारेका छन्।

यसअघि नेकपाले अग्रता कायम गरिरहेकोमा वडा नम्बर १६ को मतगणना थालेपछि कांग्रेस उम्मेदवारले उछिनेका हुन्। धरान १६ का वडाबासीले कम्युनिष्टले धोका दिएकाले अब कांग्रेसलाई भोट दिने प्रतिबद्धता जाहेर गरेका थिए । वडाको लेखनाथ चौक, समि चौक, पुल चौक, गणेशमान चौक जस्ता दुई दर्जन भन्दा बढि टोलबासीले कम्युनिष्टका नेताहरुले धरानलाई कुरुप बनाएकाले नेपाली कांग्रेसलाई एक पटक हराबरा बनाउन सक्छन कि भनेर मौका स्वरुप भोट दिने स्थानीयहरुको तर्क थियो ।

हालसम्मको गणनाअनुसार कांग्रेसले ६ हजार ८५७ मत पाएको छ। नेकपाले ६ हजार ४२३ मत ल्याएको छ। वडा नम्बर १६ को गणना सकिँदा कांग्रेसलाई त्यहाँ २३४० र नेकपालाई १८४९ मत प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ।

यसअघि धरानको प्रमुखमा तारा सुब्बा तत्कालीन एमालेबाट विजयी भएका थिए । एकवर्ष अघि मिर्गौला रोगका कारण उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

नेकपाबाट प्रकाश राई, नेपाली कांग्रेसले नगरसभापति तिलक राईलाई उम्मेदवार बनाएको छ । सङ्घीय समाजवादीले भूपू शैनिक गजेन्द्र इस्वोलाई अघि सारेको छ । त्यस्तै  लिम्बूवान राष्ट्रिय मञ्चले अमर इजम९लिम्बू०लाई उम्मेदवार बनाएको छ ।



आइतबार १५, मङि्सर २०७६ ०२:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal