चितवनको दुबै वडामा कांग्रेसका उम्मेदवार निर्वाचित

Yugnepal     718 पटक पढिएको    

चितवनको दुबै वडामा कांग्रेसका उम्मेदवार निर्वाचित

 


चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

खैरहनी ४ मा कुल २१६० मत खसेकोमा नेपाली कांग्रेसका देव बहादुर बस्नेतले ११३८ मत ल्याए भने नेकपाका उम्मेदवार वेद बहादुर अधिकारीले ९८६ मत ल्याएको निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिए।

त्यस्तै ,खैरहनी- ५ मा नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले ८४२ मत प्राप्त गरी निर्वाचित भएकी छन् भने नेकपाका उम्मेदवार कूल नारायण प्रधानले ७५६ मत प्राप्त गरे ।  खैरहनी ५ मा कुल १६७० मत खसेको थियो।

 



आइतबार १५, मङि्सर २०७६ ०९:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.