तत्कालीन एमालेले जितेको वडामा उपनिर्वाचनमा कांग्रेस विजयी

Yugnepal     1010 पटक पढिएको    

तत्कालीन एमालेले जितेको वडामा उपनिर्वाचनमा कांग्रेस विजयी

 

दाङ – घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उम्मेदवार सुरेशबहादुर केसीलाई १०५ मतले पछि पार्दै वडा अध्यक्षमा विजयी भएका हुन् ।

विज्ञापन

कांग्रेसका उम्मेदवार डाँगी १२२२ मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपाका उम्मेदवार केसीले १११७ मत प्राप्त गरेका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७ सय २० मत ल्याए ।

त्यस्तैगरी संघीय समाजवादी पार्टीकी उम्मेदवार बिमला पुनले ३१ मत, राप्रपाका प्रकाश केसीले १९ मत, नेशनल मंगोल अर्गनाईजेशन पार्टीका उम्मेदवार पहलमान आलेले ३० मत र अर्का स्वतन्त्र उम्मेदवार समिर वलीले २३ मत प्राप्त गरेका थिए ।

वडा नम्बर १६ मा रहेका ४ हजार ४ सय ५३ मतदाता मध्ये ३ हजार दुई सय २६ जनाले मतदान गरेका थिए । जस मध्ये ६८ मत बदर भएको थियो ।

गएको निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा विजयी भएका थिए । बुढाको निधन भएपछि वडा नं। १६ मा उपनिर्वाचन भएको हो ।

 



आइतबार १५, मङि्सर २०७६ ०९:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal