प्रधानमन्त्री ओलीको एपेन्डीसाइटिसको शल्यक्रिया, स्वास्थ्य स्थिर  अपडेट

Yugnepal     1154 पटक पढिएको    

प्रधानमन्त्री ओलीको एपेन्डीसाइटिसको शल्यक्रिया, स्वास्थ्य स्थिर  अपडेट


काठमाडौँ  स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डीसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अपरेशन गरिएको हो।

प्रधानमन्त्री ओलीलाई पेट दुख्ने समस्या देखिएपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएको थियो। स्वास्थ्य परीक्षणपछि चिकित्सकको सल्लाहअनुसार ओलीलाको एपेन्डीसाइटिसको शल्यक्रियामा गरिएको थापाले बताए। प्रधानमन्त्री ओलीको उपचारमा रमेश सिंह भण्डारी, दिव्य सिंहलगायत चिकित्सकको टोली सहभागी थिए।

यसअघि प्रधानमन्त्री ओली ८ मंसीरमा स्वास्थ्य परीक्षणका लागि धापासीस्थित ग्राण्डि अस्पताल गएका थिए। पछिल्लो समय प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलासिस गरिँदै आएको छ। हालसम्म उनको चारपटक डायलासिस भएको छ।  

यसैबीच अस्पतालले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थिर रहेको जनाएको छ। सघन उपचारको व्यवस्था सहित निरन्तर चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ। अस्पताल स्रोतका अनुसार उनलाई केही दिन अस्पतालमै राखिने छ।   नागरिकबाट साभार समाचार



मङ्गलबार १०, मङि्सर २०७६ ०३:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal