पहिलो खेलमा नेपाल भारतसँग पराजित

Yugnepal     927 पटक पढिएको    

पहिलो खेलमा नेपाल भारतसँग पराजित


काठमाडौं। नेपाल भारतीय यु २३ टोलीसँग ७ विकेटले पराजित भएको छ। एसीसी ईमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको हो।

बाङ्ग्लादेशमा सुरु भएको एससीसी इमर्जिङ् टीम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल, हङ्‍कङ र ओमानका राष्ट्रिय टोली एवम् भारत, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान र बाङ्ग्लादेशका यू(२३ टोली समावेश छन्।

टस हारेर पहिले ब्यटिङ गरेको नेपालले ४४।५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो। नेपालका लागि पवन शर्राफले ५६ रनको अर्धशतकीय पारी खेलेका थिए। उनले ४९ बलमा २ छक्का र सात चौका प्रहार गरेका थिए।

नेपालका लगि अर्का ब्याट्सम्यान शरद भेषावकरले ४४ रनको योगदान दिएका थिए। उनले ७६ बलमा १ छक्का र १ चौका प्रहार गरेका थिए। त्यसैगरि कुशल भुर्तेलले २८ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले २४ रनको योगदान गरेका थिए। करण केसीले २० रन बनाएका थिए।

भारतका सौरभ दुबेले ४ वेकट लिएका थिए भने यश राथोडले ३ वेकट हात पारेका थिए। नेपालको सुरुवात खराब रहेको थियो। कप्तान ज्ञानेन्द्र मल्ल २ बल खेल्दै कुनै  रन नबनाई आउट भएका थिए।

जवाफमा ब्यटिङ गर्न ओर्लेको भारतले ४२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ९४ रन बनाउँदै जित हात पारेको थियो। भारतका लागि सनविर सिंहले ५६ रन बनाएका थिए भने अरमान जाफरले आउट नभई ५१ रनको योगदान गरेका थिए। नेपालका लागि सुसान भारी, ललित राजवंशी र करण केसीले १(१ विकेट लिएका थिए।

प्रतियोगितामा भएका अन्य खेलहरूमा बाङ्ग्लादेश र पाकिस्तान विजयी भएका छन्। हङ्‍कङले दिएको १६५ रनको लक्ष्य बाङ्ग्लादेशले २४।१ ओभरमै पूरा गरेर नौ विकेटले जित हात पारेको छ।

त्यसैगरि पाकिस्तानले अफगानिस्तानले दिएको १३९ रनको लक्ष्य दुई विकेट गुमाएर ३३।५ ओभरमा पुरा गर्दै बिजयी सुरुवात गरेको छ। ।



बिहिबार २८, कार्तिक २०७६ ०८:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal