पुनर्वासमा ५ दलको उम्मेदवारी दर्ता , कसले मार्ला बाजी

Yugnepal     925 पटक पढिएको    

पुनर्वासमा ५ दलको उम्मेदवारी दर्ता , कसले मार्ला बाजी

पुनर्वास । आगामी मँसिर १४ गते हुन गईरहेको उपनिर्वाचनका लागि कञ्चनपुरको पुनर्वास नगरपालिका वार्ड नं।३ मा  रिक्त रहेको वडाध्यक्षका लागि आज उम्मेदवार मनोनयन दर्ता भएसंगै चुनावी माहोल तातेको छ ।

२०७४ को स्थानिय चुनावमा तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा फैरू तामाङ्ग विजय भएका थिए।  जिल्ला समन्वयन समिति कञ्चनपुरमा जिल्ला सँयोजक भएपछि फैरू तामाङ्गले वडाध्यक्षबाट राजिनामा दिएका थिए। फैरू तामाङ्गको राजिनामा पछि रिक्त भएको वडा अध्यक्ष पदका लागि हुन लागेको उप निर्वाचनमा आज निर्वाचन कार्यालयमा ५ वटा दलका उम्मेदवारहरुको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

 पुनर्वास नगरपालिकामा रहेको  निर्वचान अधिकृतको कार्यालयमा विभिन्न राजनितिक दलले आज मनोनयन दर्ता गराएका हुन। वडाध्यक्षका लागि नेकपाबाट कृष्ण बहादुर तामाङ्गले उम्मेद्वार मनोनयन दर्ता गराएका छन। त्यसैगरी नेपाली काँग्रेसबाट दिप बहादुर तामाङ्ग ९डि बि लामा० ले उम्मेदवारी दर्ता गराएका छन। समाजवादी पार्टी नेपालबाट भीम बहादुर पाख्रिन राप्रपाबाट पदम बहादुर शाही,  राप्रपा सँयुक्तबाट धन बहादुर तामाङ्गले उम्मेदवारी दर्ता गराएका छन।

कार्तिक २८ गते उम्मेदवारी दाबी बिरोध तथा मनोनयन फिर्ताका लागि सुचना प्रकाशित गरिने र कार्तिक ३० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने र चुनाव चिन्ह प्रदान गरिने  मुख्य निर्वाचन अधिकृत गोपाल बास्तोलाले जानकारी गराउनु भयो।
मनोनयन दर्ता पछि राजनितिक दलहरू चुनावी प्रचारमा सक्रिय देखिएका छन।



बुधबार २७, कार्तिक २०७६ ०९:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal