डाक्टर केसीले अनसन स्थगित गरे

Yugnepal     680 पटक पढिएको    

डाक्टर केसीले अनसन स्थगित गरे


डडेल्धुरा,  वरिष्ठ चिकित्सक डा। गोविन्द केसीले आफ्नो १७ औं सत्याग्रह तोडेका छन् । मंगलबार नवौं दिनमा केसीले आफ्नो सत्याग्रह तोडेको घोषणा गरेका हुन् ।

राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशबासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगित गरेको उनले विज्ञप्तिमार्फत जनाएका छन । चिकित्सा शिक्षा ऐन संशोधनको प्रमुख माग राखेर उनी डडेल्धुरामा सत्याग्रह बसेका थिए ।

केसीले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि आफ्नो लडाइँ जारी नै रहने स्मरण पत्रकारहरूमार्फत गराएका छन् । सरकारले आफ्नो माग पूरा नगरे पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने उनले बताएका छन् ।

सत्याग्रहकै बीचमा भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको समाचारले अरु नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको केसीले जनाएका छन् ।



मङ्गलबार २६, कार्तिक २०७६ ०५:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.