भारतले जारी गरेको नक्सामा प्रदेश सरकार गम्भीर मन्त्री शाह

युग संवाददाता     1298 पटक पढिएको    

भारतले जारी गरेको नक्सामा प्रदेश सरकार गम्भीर    मन्त्री   शाह

 सुदूरपश्चिम प्रदेश सरकारले भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भुभाग आफ्नो भन्दै देखाएको प्रति गम्भीर ध्यान आर्कषण भएको जनाएको छ ।

आज बसेको मन्त्री परिषद्को बैठक पछि आयोजित पत्रकार सम्मेलनमा बैठकले गरेका निर्णयबारे जानकारी दिदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले कालापानी सहित प्रदेशका सीमा नाकामा आवश्यकता अनुसार बिओपीको व्यवस्था गरी प्रभावकारी सुरक्षा  व्यवस्थाका लागि नेपाल सरकारस समक्ष अनुरोध गर्ने निर्णय भएको जनाउनु भएको छ।

साथै बैठकले कालापानी सहित भारतसंग सीमा जोडिएका क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न अनुरोध गरेको छ।

मन्त्रीपरिषद् बैठकले भारतले जारी गरेको नक्सामा दार्चुलाको कालापानी, लिपुलेक र लिम्पिया धुरा समावेश गरिएपछि उत्पन्न विवाद कुटनितिक माध्यमबाट सुल्झाउदै सीमामा प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय गरेको छ।

साथै त्यस क्षेत्रको व्यास गाउँपालिका वडा नम्बर २ को तुम्लिङदेखि तिङ्कर र छाङ्ग्रो सम्म नेपाली क्षेत्रमा घोरेटो बाटो नेपाल सरकारको सहकार्यमा प्रदेश सरकारले निर्माण गर्ने निर्णय समेत गरिएको मन्त्री शाहले जानकारी दिनुभएको छ।



सोमबार २५, कार्तिक २०७६ ०८:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal