सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

Yugnepal     686 पटक पढिएको    

सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो


 सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा आइतबार दिउँसो भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको हो। आज सुनकोशी नदीले बगाएर ल्याएको अवस्थामा सिन्धुलीको नेपालथोकमा एकजना र अर्का एकको शव घटनास्थलबाट केही तलमात्रै भेटिएको छ।

आइतबार मृत्यु हुनेमा पुरुष १, महिला ७, बालक ६ तथा बालिका ३ जनाको मृत्यु भएको हो। आइतबार मृत्यु भएका १७ जनाको सनाखत भए पनि आज शव भेटिएका दुई जनाको भने परिचय खुल्न नसकेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।

दुर्घटनामा परि घाइतेमध्ये ५२ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेकोमा दुई जनालाई थप उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा ुरिफरु गरिएको प्रहरीले जनाएको छ।

दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो। बसमा ६० भन्दा बढी यात्रु सवार रहेको अनुमान गरिएको छ।

बस सडकबाट १०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो।



सोमबार १८, कार्तिक २०७६ १२:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.