धान खरिदमा बिचौलिया बाट अनियमितता

Yugnepal     1328 पटक पढिएको    

धान खरिदमा बिचौलिया बाट अनियमितता

 

काठमाडौं । नेपाल खाद्य संस्थानका विभिन्न कार्यालयले नक्कली किसान खडा गरेर बिचौलिया तथा व्यापारीबाट धान खरिद गरी अनियमितता गरेको पाइएको छ ।

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रको छानबिन प्रतिवेदनले संस्थानको लहान, विराटनगरलगायतका अञ्चल कार्यालबाट किसानसँग धान खरिद गर्नेक्रममा नक्कली किसान बनाएर बिचौलिया तथा अन्य व्यापारीसँग हजारौं क्विन्टल धान खरिद गरेको पाइएको औंल्याएको हो ।
संस्थानको अञ्चल कार्यालय लहान तथा विराटनगरले कृषकसँग खरिद गरिएको नक्कली विवरण तयार पार्दै व्यापारी र बिचौलियालाई पोस्ने काम गरेको पाइएको छ ।

यससँगै त्यस क्षेत्रका वास्तविक कृषक भने पीडित बन्न पुगेका छन् । सतर्कता केन्द्रका अनुसार अञ्चल कार्यालय लहानले १३ पुसदेखि २३ माघ २०७५ सम्म विभिन्न मितिमा एउटै किसानबाट १० हजार ५० क्विन्टल धान खरिद गरेको झुटो विवरण पेस गरेको पाइएको छ ।

आजको राजधानी दैनिकमा कौशिला कुँवरले यो समाचार लेखेकी छिन् ।



सोमबार १८, कार्तिक २०७६ ११:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal