सेती अंचल अस्पतालको अवस्थामा सुधार ल्याउन सके मात्रै प्रदेशको स्वास्थ्य अवस्थामा सुधार

Yugnepal     721 पटक पढिएको    

सेती अंचल अस्पतालको अवस्थामा सुधार ल्याउन सके मात्रै प्रदेशको स्वास्थ्य अवस्थामा सुधार


कैलाली जिल्लाको स्वास्थ्य अबस्थामा सुधार ल्याउनका लागि आईतबार सरोकारवालाहरु बिच अन्तरक्रिया भएको छ ।
सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय , जिल्ला स्वास्थ्य कार्यालय कैलाली र धनगढी उप–महानगरपालिकाकामा प्रतिनिधीहरु बिच छलफल तथा अन्तरक्रिया भएको हो । कैलाली जिल्लामा स्वास्थ्यकर्मीहरुको अभाव, नवजात शिसुको उच्च मृत्यूदर, खोप कार्यक्रम संचालनमा समस्या, अशुरक्षित गर्भपतन, परिवार नियोजन साधानको प्रयोगको दर न्यून, कुष्टरोग, मलेरीया र शिकलसेल ऐनिमिया परिक्षण र तथा उपचार जस्ता कुरामा निकै समस्या रहेको छ ।
जिल्लाका अन्य स्थानीयतहको तुलनामा धनगढी उप–महानगरपालिकाको अवस्था राम्रो देखिएपनि अझै सन्तुष्ट हुने अवस्था छैन धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, त्यसका लागि स्वास्थ्यकर्मीहरु लगनशिल भएर काममा खटिनुपर्ने छ । धनगढी उप–महानगरपालिकालाई सबैभन्द बढी समस्या कर्मचारी समायोजनबाट भएको छ नगरप्रमुख वडले भने, स्वास्थ्य महाशाखा प्रमुख आठौंतहको रहने ब्यबस्था भएपनि सिअहेवमात्रै छ । धनगढी शहरी क्षेत्र भएकाले पनि सबै यतै आउन चाहेका छन् तर चाहिने कर्मचारी छैन । आफु निर्वाचित भएर आएपछि १० वटा शहरी स्वास्थ्य केन्द्रबाट बढाएर १० पु¥याएको नगरप्रमुख वडले बताए । उनले भने, सिकलसेल परिक्षण, १ हजार तीनसय भन्दा बढीको निशुल्क आँखाको सल्यक्रिया, कुष्ठरोगी, हाईड्रोसिल लगायतका ठूलो संख्यामा बिरामीको उपचार गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले कैलाली जिल्लाको स्वास्थ्य अवस्था खस्कीदो रहेको बताए । उनले भने, धनगढी उप–महानगरपालिकाले मात्रै राम्रो गरेर हुदैन जिल्ला भरीको अवस्था राम्रो भएमा मात्रै लक्ष्य भेटाउँछ । सेती अञ्चल अस्पतालमा नै नवजात शिसुको मृत्यूदर प्रतिहजार निवित जन्ममा २९ दशमलव ७ जना रहेको छ यसलाई कसरी बुझ्ने छ । त्यसैगरी अस्थायी साधन प्रयोगकर्ता कैलालीमा ४० प्रतिशत छ । नियमित खोप सेवा प्रभावकारी रुपमा चल्न सकेको छैन प्रमुख धामीले भने, समस्या नै समस्या छन् ।  सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयका डाक्टर खगेन्द्र बमले कैलाली जिल्ला हेर्दा सुगम भएपनि स्वास्थ्यको अवस्था नाजुक रहेको बताए । उनले भने, यसका लागि सरोकारवालाहरु बिच छलफल आवश्यक छ । सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयका डाक्टर चेतराज जोशीले सेती अंचल अस्पतालको अवस्थामा सुधार ल्याउन सकेमा मात्रै प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सकिने बताए ।

 



आइतबार १७, कार्तिक २०७६ ०१:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.