उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्व आज समापन

Yugnepal     1435 पटक पढिएको    

उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्व आज समापन

  आस्थाको महापर्व छठ आइतबार उदाउँदो सूर्यलाई अघ्र्य दिई समापन भएको छ। शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले आइतबार उदाउँदो सूर्यलाई जलसहित अर्घ अर्पण गरेका छन्। व्रतालुहरूले जलासयमा गएर दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घको रुपमा अर्पण गर्दछन्। अर्घको रुपमा ठकुवा, भुसवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैंटो सूर्यलाई अर्पण गर्ने चलन छ।

सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिने जानकारहरु बताउँछन्। सूर्यको आराधना तथा छठी माताको पूजाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने धार्मिक विश्वास छ।



आइतबार १७, कार्तिक २०७६ ०१:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal