प्रधानमन्त्री ओली आइसियूमा, दिउँसो २ बजे नै डायलाइसिस

Yugnepal     851 पटक पढिएको    

प्रधानमन्त्री ओली आइसियूमा, दिउँसो २ बजे नै डायलाइसिस

 

 

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी अस्पतालको सघन उपचार कक्ष ९आइसियू० मा भर्ना भएका छन्।

मिर्गौलाले एक्कासी काम गर्न छाडेपछि उनलाई आकस्मिक डायलाइसिस गरिएपछि आइसियूमा राखिएको अस्पतालले जनाएको छ।

प्रधानमन्त्री ओलीको पहिलो चरणको डायलाइसिस दिउँसो २ बजे नै गरिएको अस्पतालमा कार्यरत एक चिकित्सकले जानकारी दिए।
बम

उनका अनुसार प्राधानमन्त्री ओलीलाइ थप २ चरणको डायलाइसिस गर्नुपर्ने हुन्छ।

प्रधानमन्त्री ओलीलाइ अस्पतालको १४औं तलामा रहेको आसियुमा राखिएको छ।

उनी नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएको र भोलिसम्ममा डिस्चार्ज हुने दाबी गर्दै बुधबार साँझ मात्र अस्पताल र प्रधानमन्त्रीकी निजी चिकित्सकद्वारा संयुक्त हस्ताक्षरसहितको विज्ञप्ति निकालिएको थियो। नेपाल लाइभबाट साभार समाचार



बिहिबार १४, कार्तिक २०७६ १०:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.