तिहारको दक्षिणा दिदिबहिनीहरुलाई बैंक खाता खोल्ने अवसर

Yugnepal     642 पटक पढिएको    

तिहारको दक्षिणा  दिदिबहिनीहरुलाई बैंक खाता खोल्ने अवसर

 नेपालीहरुको दोस्रो महान् चाड हो तिहार । साथमा दिदिबहिनीहरुले दक्षिणा पाउने चाड पनि हो । लक्ष्मी पुजाको दिन भैलो खेलेर होस् वा टिकाको दिन दाजु भाइलाई सप्तरंगी टीका लगाइदिएर दिदिबहिनीहरुले दक्षिणा पाउने गर्दछन् ।

यसपालीको तिहारमा तपाईँ कति दक्षिणा पाउनुभयो रु त्यो दक्षिणाले अब के गर्ने सोच्दै हुनुहुन्छ रु प्रायः दक्षिणा पाएको पैसा भनेपछि बचत गर्ने वा केही उत्पादनमूलक कार्यमा खर्च गर्ने प्रचलन कमै हुन्छ । बरु फजुल खर्चकै लागि प्रयोग गर्ने गरिन्छ । बचत गर्ने बानीको विकास नभएका कारण नै यस्तो सोच भएको हो ।

यदि तिहारमा पाएको दक्षिणालाई बैंकमा खाता खोलेर जम्मा गर्ने हो भने एक त बचत गर्ने बानीको विकास हुँदै जान्छ भने अर्कोतर्फ दीर्घकालीन रुपमा फाइदा पनि पुगिरहेको हुन्छ । बैंकमा खाता खोलेपछि थोरैथोरै भएपनि पैसा राख्ने बानीको विकास हुन्छ । फेरि हातैमा पैसा नभएपछि फजुल खर्च पनि आफैँ कम हुँदै जान्छ ।

बैंकमा राखेको पैसाको व्याज पनि प्राप्त भइरहेको छ । निक्षेप र बैंकले दिइरहेको व्याज अनुसार पैसा बढिरहेको छ । सो पैसा हातमै राख्नुभएको भए यस्तो सम्भव थिएन । अहिले त बैंकहरुले गाउँगाउँमै पुगिरहेका छन् । बैंक खाता खोल्न वा बैंकको सेवा लिन सदरमुकामसम्म धाउनुपर्ने अवस्था पनि छैन । बैंकको कार्ड बाट वा मोबाइल बैंकिङ बाट चाहेको समयमा आफ्नो खातामा रहेको रकमको प्रयोग पनि तुरुन्तै गर्न सकिन्छ ।

यस्तो सुविधायुक्त बैंकको प्रयोग गर्नका लागि अहिले राम्रो अवसर छ । बैंकहरुले तिहारलाई नै लक्षित गरेर आकर्षक सुविधासहितका विभिन्न बचत योजनाहरु ल्याइरहेका छन् । यो समय विशेषगरी दिदिबहिनीहरुका बैंक खाता खोल्ने उपयुक्त अवसर रहेको छ ।  
बैंकिङ खबर बाट साभार समाचार ।



बिहिबार १४, कार्तिक २०७६ १०:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal